मकवानपुरगढीमा मेलमिलापकर्ताको लागि पुनः ताजगी अभिमुखिकरण तालिम

0
191

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकामा गत पौष २० गते देखि संचालन भएको ३ दिने मेलमिलापकर्ताको लागी पुन: ताजगी अभिमुखिकरण तालिम आज समापन भएको छ ।

तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले सामाजिक विवाद तथा समस्या समाधानमा मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहने बताउँदै त्यसका लागि आवश्यक नीति तथा बजेटको ब्यवस्था गरिने बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका न्यायीक समितिको आयोजनामा संचालन गरिएको सो तालिममा पालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो । तालिममा न्यायीक कार्यसम्पादन अन्तर्गत ब्यक्तिगत घटना दर्ता , नागरिकता , जन्मदर्ता , विवाह दर्ता लगायत अन्य सिफारिस र न्याय सम्पादनका क्रममा आईपर्न सक्ने समस्या र त्यसको समाधानका विषयमा छलफल गरिएको गाउँपालिकाका कानुनी सहजकर्ता एवम् अधिवक्ता रामशरण लामिछानेले बताउनु भएको छ । तालिमको सहजीकरण लामिछाने सहित सेलर्डका अधिवक्ता जगन्नाथ सुवेदीले गर्नुभएको थियो ।

गाउँपालिकाको न्यायिक समितीका संयोजक गाउँपालिका उपाध्यक्ष हर्कमाया रूम्बाको अध्यक्षतामा तालिमको समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिकाकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको समेत आतिथ्यता रहेको थियो ।