मनकामना दुग्ध सहकारीको साधारणसभा पौष २५ देखि २८ गतेसम्म

0
226

मकवानपुरगढी – मकवानपुर जिल्ला कै जेठो दुग्ध सहकारी संस्था मकवानपुरगढी – ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा आउँदो पौष २५ गते देखि २८ गतेसम्म ४ दिन हुने भएको छ ।

यस वर्ष कोरोना महामारीका कारण भिडभाड नहोस् भन्ने उदेश्यले भौतिक दुरि कायम गरि ४ दिन लगाएर साधारणसभा गर्न लागिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालले बताउनुभयो ।

करिब ४ सय शेयर सदस्य भएका सो सहकारीको साधारणसभामा शेयर सदस्य नम्बरका आधारमा दैनिक करिब १०० जनाका दरले कार्यक्रममा उपस्थित हुन खबर गरिएको संस्थाका ब्यवस्थापक बलराम हुमागाँईले बताउनु भएको छ ।

संस्थाले हाल दैनिक करिब ४ हजार लिटर दुध संकलन गरिरहेको छ भने सदस्यहरुलाई सेवा पुर्याउने उदेश्यले पशुआहारा लगायत खाद्यान्न , दैनिक उपभोग्य सामान , प्राविधिक सहितको भेटेनरी पसल संचालन गरिरहेको छ ।