नेकपा मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ , सिग्देल र पुलामी माथी अनुशासनको कार्वाही

0
200
  • Save

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन हुनु भएको छ । नेकपा मकवानपुरको आज हेटौंडामा आयोजित कार्यकर्ता भेलाले अध्यक्षमा एकलाल श्रेष्ठलाई चयन गरेको हो ।

नेकपा ओली समुहले नेकपा भेलाबाटनै तत्कालीन अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामिलाइ कारबाही गर्दै अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।

आज हेटौंडामा भएको नेकपा मकवनपुरको अगुवा कार्यकर्ता भेलाको अवसरमा केन्द्रिय सदस्य रामेश्वर रानाले सिग्देल तथा पुलामीलाई कारवाही गरिएको जानकारी गराउदै श्रेष्ठलाई अध्यक्षको घोषणा गर्नुभयो ।

अध्यक्ष चयन भएपछी संवोधन गर्दै श्रेष्ठले अब यो पार्टीलाई सुदृढ बनाएर अगाडी वढाउने बताउनुभयो । पाटी भित्रका अपुरा कामलाई अव तिब्र गतिमा गर्नका लागि आफ्नो नेतृत्व लागिपर्ने उहाँले वताउनुभयो ।