थप पर्यटकीय गन्तव्य खोजी गर्न आवश्यक देखियो – अध्यक्ष हुमागाँई

0
180

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले पालिका भित्र थप नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी गर्न आवश्यक भएको कुरा व्यक्त गर्नुभएको छ ।

वडा नं ८ को बुढीचौरमा विकास हुँदै गरेकाे ऋषेश्वर गुफा र ऐतिहाँसिक खुडेधार पदमार्ग बिस्तारका लागि अनुगमन गर्ने क्रममा हुमागाँईले यस्तो कुरा बताउनु भएको हो । पालिका भित्र अझै त्यस्ता गन्तव्यहरु हुन सक्ने भन्दै त्यस्ता ठाउँहरुको पहिचान गरि विकास गरिने उहाँले बताउनुभयो । वडा नं ८ बुढिचौरमा साहसिक खेल बन्जिजम र प्याराग्लाडिङ काे पनि अध्ययन भइरहेको हुमागाँईले बताउनुभयो ।

हाल गाउँपालिका भित्र रहेका वडा नं ४ मा रहेको मनकामना मन्दिर , रुद्रबाटिका वडा नं २ मा निर्माणाधीन विजय पार्क , ऐतिहासिक मकवानपुरगढी दरवार , ढुङ्गेगढी वडा नं ८ मा रहेको ऋषेश्वर गुफा , खुडेधार पदमार्गलाई पर्यटकीय गन्तव्यका रूपमा छनौट गरि विकास गर्न लागिएको अध्यक्ष हुमागाँईले बताउनु भएको छ ।

ऋषेश्वर गुफा