मकवानपुरगढीमा १५ शैयाको अस्पताल निर्माणको सिलान्यास

0
213

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको आज (शनिबार) सिलान्यास गरिएको छ ।
मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका माननीय सांसद बिराेध खतिवडाबाट सो अस्पताल निर्माण कार्यकाे शुभारम्भ भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई , जिल्ला समन्वय समितीका उपप्रमुख भगवती पुडासैनी , वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दाहाल , वडा नं ५ का वडा अध्यक्ष जित बहादुर घिमिरे , पालिकाका ईन्जिनियर सुवास अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

संघिय सरकारकाे विशेष अनुदान ९ कराेड ४० लाख काे कुल लागतमा अस्पतालको निर्माण हुन लागेकाे हाे । स्थानीय बुद्ध बहादुर स्याङ्तान र बिरबहादुर लुङ्बाले अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराएका छन् ।