प्रधानमन्त्री केपि शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

0
117
  • Save

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने संसद सचिवालय स्रोतले बताएको छ । प्रतिनिधिसभाको विघटन पश्चात् पहिलो पटक प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकबाट आफ्नो भनाइ राख्न लागेका हुन् ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज आइतबार चौथो बैठक बस्न लागेको हो ।