हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था सम्मानित

0
263

मकवानपुर- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ को आज भएको सातौं वार्षिक साधारणसभाको अवसरमा संस्थालाई सम्मान गरिएको हो । संघको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाए बापत संस्थालाई सम्मान गरिएको आयोजक संस्था बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेले बताउनुभयो ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको साधारणसभा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।