सहकारीले उद्देश्य अनुरुप कार्य गर्नुपर्छ – अध्यक्ष सुबेदी

0
200

हेटौंडा/२९ पौष,
मकवानपुर जिल्ला कृषि सहकारी संघको १० औं वार्षिक साधारणसभा आज (बुधबार) हेटौंडामा सम्पन्न भएको छ ।

संघका अध्यक्ष महेश्वर सुवेदीको सभा अध्यक्षतामा भएको साधारणसभामा बोल्दै सुवेदीले कृषि सहकारीहरुले सहकारीको उद्देश्य अनुरुप कार्य गर्न सदस्य संस्थाहरुलाई अनुरोध गर्नुभयो । उहाँले सहकारी ऐन २०७४ मा ३० प्रतिशत कार्य बिषयगत क्षेत्रमा गर्नु पर्ने ब्यवस्था भएको समेत जानकारी गराउनु भयो ।

सभाले अध्यक्ष सुबेदीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन, कोषाध्यक्ष निर्मला लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक दिनेश प्रजाले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन अनुमोदन गरेको छ ।

सभाको संचालन सचिब लालबहादुर थापाले गर्नुभएको थियो । संघले कृषकले उत्पादन गरेको उत्पादनहरुलाई एग्रो मार्ट मार्फत बिक्री बितरण गरिरहेको सहकारी अभियन्ता एवम् पत्रकार राजकुमार केसीले बताउनुभयो ।

संघमा मकवानपुरका ५२ ओटा कृषि सहकारी संस्थाको आवद्धता रहेको छ ।