कालिदेवी दुग्ध सहकारीको साधारणसभा , कोरोनाको कारण दुग्ध भुक्तानीमा असहजता भयो – अध्यक्ष अधिकारी

0
211

मकवानपुरगढी २९ पौष ,
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा बुधबार भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको सभाध्यक्षतामा सभा भएको थियो ।

सभामा बोल्दै जिल्ला संघका अध्यक्ष बासुदेव अधिकारीले घाँसमा आधारित रहि पशुपालन गरिनुपर्ने बताउदैं उन्नत जातका गाई पाल्ने र नश्लमा सुधारगरि व्यवसायी पशुपालन गरि दुध उत्पादन बढी विक्री गर्न सकिने बताए ।
कोरोनाको कारण उद्योगमा पठाइएको दुधको रकम नएकोले समयमा नै सहकारीलाई भुक्तानी गर्न असहज भएको बताउदैं मकवानपुरमा निर्माण सुरु गरिएको पाउडर दुध प्लान्ट उद्योग सञ्चालन भएपछि मिल्क होली डे भन्ने नहुने बताए । गोठ देखि ओठ सम्म पुग्ने दुध सबैले गुणस्तरीय उत्पादन विक्री गर्न आग्रह गरे ।

सभामा विभिन्न विधामा कृषकहरुलाई पुरस्कृत गरिएको थियो । दैनिक ८० लिटर दुध विक्री गर्ने किसानलाई ४० लिटरको क्यान प्रदान गरिएको थियो । जसमा नानीमाया लामा, सुर्य बहादुर पाख्रीन, राम बहादुर पाख्रीनलाई प्रदान गरिएको थियो । सफा दुध विक्री गर्ने भीम बहादुर पाख्रीन, विक्रम योन्जन,मनिषा शाही, अमृता योन्जन राजेन्द्र पुडासैनीलाई पुरस्कृत गरिएको थियो । सफा भाडाँमा दुध बेच्नेमा देव नारायण दुलाल, सिताराम न्यौपाने,मानसरोवर चौलागाईलाइ पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाले फ्याट र ल्याक्टोमा गुणस्तर रहेका डिल्ली प्रसाद सापकोटा, सानुकान्छी योन्जन, टाढाबाट दुध विक्री गर्न आउने कृषक फुलमाया योन्जनलाई पनि पुरस्कृत गरिएको थियो ।

सभामा पत्रकारिताबाट सहकारी क्षेत्रमा याृगदान पु¥याएको भन्दै सिधाखबर डटकमका सम्पादक तथा मकवानपुरगढी साप्ताहिकका सह सम्पादक श्रीराम अर्जुन, पूर्व संचालक कृष्ण बहादुर विडारी, सुर्य बहादुर पाख्रीन, गौरी चौलागाई, रुद्र नारायण चौलागाई र व्यवस्थापक चन्द्रकान्त चौलागाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिना, वडा ३ का अध्यक्ष भागवत घिमिरे, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, कृषि शाखाका प्राविधिक गोपाल लम्साल, पशु शाखाका प्रमुख सत्यनारायण शाह, शहिद क. रुद्र पाख्रीन स्मृति पार्कका अध्यक्ष मानकुमारी पाख्रीन (नेपाली) लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका सहकारी विभाग प्रमुख रामप्रसाद दहाल, ४ नम्बर वडा सदस्य सन्तु थिङ, संस्थाका पुर्व अध्यक्ष कृष्ण प्रसाद खतिवडा, विष्णु प्रसाद लामिछाने, जिल्ला संघ प्रतिनिधि खिल प्रसाद चौलागाई, समाजसेवी रामचन्द्र दुलाल लगायत शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

संस्थाले असार मसान्त सम्ममा १ करोड ५० लाख ७१ हजार ५३९को दुध खरिद गरेको छ भने उद्योगलाई ९२ लाख ११ हजार र स्थानियमा ६२ लाख ५१ हजार ७९१को दुध विक्री गरेको छ । सहकारीले जिल्ला दुग्ध संघबाट दुध विक्रीको ९ लाख २२ हजार ३८० रकम भुक्तानी पाउन बाकी रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको पुजीँ भने १ लाख ३० हजार ३ सय रहेको छ ।
(सिधाखबर डटकमको सहयोगमा)