चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

0
74

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । 
विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले  निर्वाचनको माहौल तयार पार्न समेत स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिनुभयो । छलफलमा क्रममा ओलीले पार्टीको नाम र निर्वाचन चिन्हसमेत आफुहरु कै हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो ।


नेकपाको विाधान अनुसार प्रथम अध्यक्ष र महासचिव बिना बैठक नै गर्न नसक्नै अवस्था रहेको भन्दै आधिकारिक बैठक र निर्णयहरु आफुहरुकै हुने हुँदा नाम र निर्वाचन चिन्ह आफुहरुको नहोला भनेर शंका नगर्न नेताहरुलाई आग्रह गरिएको थियो ।