सङ्गितकार सङ्घ नेपालको वरिष्ठ उपाध्यक्षमा मकवानपुरका चेतन सापकोटा

0
172
  • Save

मकवानपुर- सङ्गीतकार सङ्घ नेपालको वरिष्ठ उपाध्यक्ष पदमा मकवानपुरका गायक तथा संगीतकार चेतन सापकोटा निर्वाचित हुनु भएको छ ।

काठमाण्डौमा आज भएको सङ्गीतकार सङ्घ नेपालको भेलाबाट सापकोटा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

संङ्घको अध्यक्ष पदमा पारस मुकारुङ निर्वाचित हुनुभएको छ । यसैगरी प्रथम उपाध्यक्षमा हरि लम्साल ,द्वितीय उपाध्यक्षमा अष्ट लामा , महासचिवमा वसन्त सापकोटा , सचिव सुदाम थापा , कोषाध्यक्ष राजेश थापा निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा जेम्स प्रधान , राजन ईशान , टंक बुढाथोकी र काली प्रसाद बास्कोटा निर्वाचित हुनुभएको छ ।