मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

0
113
  • Save

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड र माधव नेपाल समूहका तीन जना सांसदहरुले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका छन ।

प्रदेश नं १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिइ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने घोषणा गरेका हुन ।

‘मुख्यमन्त्रीबिरुद्धको हस्ताक्षर फिर्ता लिने निर्णयमा हामी पुगेका छौं,’ गजमेरले भन्नुभयो । सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न प्रचण्ड–माधव समुहले गरेको षडयन्त्रलाई चिर्दै प्रतिनिधिसभा बिघटन गरी चुनावको घोषणा प्रधानमन्त्रीले गरेसँगै पार्टीबाटै अलग भएर गएको सो समुहले ओलीनिकट मुख्यमन्त्री राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेको थियो । अबिश्वास प्रस्तावमा नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये दुई जना सांसदले यसअघि नै फिर्ता लिइसकेका छ्न ।

थप तीन जनाले हस्ताक्षर फिर्ता लिएसँगै अब प्रचण्ड–माधव समुहमा ३२ जना सांसद मात्रै बाँकी रहेको श्रोतले बताएको छ ।