निर्वाचनमा जुट्न कार्यकर्तालाई जनमत पार्टीका अध्यक्ष सिके राउतको निर्देशन

0
104
  • Save

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मृतिमा सोमबार सिरहाको लहानमा आयोजित सभामा उनले भने, ‘‘आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।’’

निर्वाचनबाट शक्ति आर्जन गरेर मधेसी जनताको हक–अधिकार सुनिश्चित गराउनुपर्ने भएकाले निर्वाचनको तयारीमा जुट्न उनले निर्देशन दिए । रासस