नेकपा वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारवाही, आनन्द पोखरेललाई अध्यक्षको जिम्मेवारी ।

0
329
  • Save


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारबाही गरि हटाएको छ ।
पार्टी हित बिपरित काम गरेको भन्दै बैठकले दाहाललाई कारबाही गरि साबिक कमिटीका सचिव आनन्द पोखरेललाई प्रदेश कमिटीको अध्यक्ष चयन गरेको छ ।

ओलि पक्षीय नेकपा प्रदेश कमिटीको मंगलवार काठमाडौमा भएको बैठकमा प्रदेशको संयोजन गरिरहेका नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्षमा पोखरेल र प्रदेश कमिटी सचिवमा खेम लोहनीको नाम प्रस्ताव गरेका थिए । पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसकेका नेता हुन् भने खेम लोहनी विघटित प्रतिनिधिसभामा धादिङबाट निर्वाचित भएका थिए । उनी २०५४ सालमा धादिङ जिल्ला विकास समिति सभापति भएका थिए ।

२१९ सदस्यीय प्रदेश कमिटीका आफ्नो पक्षमा बहुमत सदस्यहरु रहेको समेत ओलि पक्षले दाबी गरेको छ ।