महाकाली दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा प्रेम चन्द्र मगर

0
223

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नं २ बाँसपानीमा रहेको महाकाली दुग्ध उत्पादक सहकारी संस्थामा प्रेम चन्द्र मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा तेज कुमारी अस्थानी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा सुनिता पुडासैनी , सविता दर्लामी , मैया थापा , धर्मराज न्यौपाने , कृष्ण प्रसाद पुडासैनी , अर्जुन प्रसाद दुलाल र बिष्णु प्रसाद दुलाल चयन हुनुभएको हो ।

त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दिनेश कुमार थापा मगर र सदस्यहरुमा सुर्य बहादुर अस्थानी र श्रीजना दुलाल रहनुभएको छ । कार्यसमिति तथा लेखा समितिका पदाधिकारीहरु सबै सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक हरि प्रसाद हुमागाँईले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष इमनाथ तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न भएको संस्थाको २४ वार्षिक साधारणसभाले नयाँ समिति चयन गरेको हो । संस्थाले आ. व. २०७६/०७७ मा २ करोड १८ लाख पचपन्न हजारको कारोबार गरेको संस्थाका ब्यवस्थापक राजकुमार खड्काले बताउनुभयो ।

ADVERTISEMENT