नेकपा हेटौंडा नगर कमिटीको बैठकले अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ कार्वाही,पुडासैनीलाई अध्यक्षको जिम्मेवारी

0
636
  • Save

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) हेटौंडा नगर कमिटीको बिस्तारित बैठकले नगर कमिटीका अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ पद मुक्त गरेको छ।
बिहीवार हेटौंडामा सम्पन्न भएको बैठकले पार्टी नीति, विधि र पद्धति बिपरित काम गतेको भन्दै आचार्य र थापालाइ कार्वाही गर्दै नगर अध्यक्षमा शालिकराम पुडासैनी र सचिबमा बोल बहादुर कार्कीलाई मनोनीत समेत गरेको छ ।

बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले राजनैतिक स्थिरता, जनमत, शान्ती र बिकासका लागि चाल्नुभएको संसद विघटनको कदमलाइ अग्रगामी कदमको रुपमा समर्थन गर्दै तोकिएको मितिमा नै प्रतिनिधि सभाको निर्वाचन गर्न सरकारलाई आग्रह गर्दै आफ्नो पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रिय गर्ने निर्णय समेत गरेको नगर कमिटीका नवनियुक्त अध्यक्ष शालिकराम पुडासैनीले जानकारी दिए ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्यहरु अनन्त पौडेल, रघु खुलाल, मधुशुधन खतिवडा, महेश बर्तौला, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गोपाल श्रेष्ठ, नवीन सिग्देल, कमल बिष्ट, देबराज रिमाल, राजन थापा सम्राट तुम्बहाम्फे लगाएतकाले मन्तब राख्नुभएको थियो ।
बैठक नगर कमिटीका कार्यालय सदस्य रामचन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • Save
  • Save