हेटौंडा-काठमाण्डौ ओहोरदोहोर गर्ने छोटोमार्ग दुई महिनाको लागि बन्द

0
169
  • Save

मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाण्डौ ओहोरदोहोर गर्ने छोटो मार्ग भीमफेदी – कुलेखानी – काठमाण्डाै सडकखण्ड दुई महिनाका लागि बन्द हुने भएको छ ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द हुन लागेको जानकारी दिनुभयो । जस अनुसार अब निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुनेछ ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि उहाँको आग्रह छ।

भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डाै आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । अबको वैकल्पिक छोटो मार्गका लागि कान्ति लोकपथ उपयुक्त हुनसक्ने जानकारहरुको भनाई रहेको छ ।