मकवानपुरगढीमा नेकपा ओलि समुहको अध्यक्षमा जित बहादुर घिमिरे

0
746
  • Save

मकवानपुर- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा नेकपा ओलि समुहको अध्यक्षमा जित बहादुर घिमिरे चयन भएका छन् ।

पार्टी गाउँ कमिटीको विस्तारित बैठकले आज नयाँ अध्यक्ष चयन गरेको हो । बैठकले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्षसमेत रहेका जीतबहादुर घिमीरेलाई अध्यक्ष चयन गरेको नेकपा मकवानपुरकी युवा नेता रमिला घलानले जानकारी दिनुभयो ।

सिताराम तिमल्सिनाको अध्यक्षतामा आज भएको गाउँपालिका स्तरीय विस्तारित बैठकले नयाँ नेतृत्व चयन गरेको हो ।

नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकमा गाउँपालिकाका हरेक वडाबाट दुई–दुई जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विस्तारित बैठकमा नेकपा मकवानपुरका नेताहरु मेम्बर लो, हरि कडेंल, कृष्ण लम्साल, कृष्ण ढुंगाना,फणिन्द्र घिमिरे लगायतको उपस्थिति रहेको युवा नेता घलानले जानकारी दिनुभयो ।