मकवानपुरमा सहकारीबाट दूध प्रशोधन उद्योग स्थापनाको तयारी

0
234
  • Save

मकवानपुर- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रशोधन उद्योग स्थापनाको लागि प्रक्रिया शुरु गरेको छ ।

आज जिल्ला संघको सभाहलमा संघका सदस्य संस्थाहरुका अध्यक्ष तथा ब्यवस्थापकहरुको भेला गरि उद्योग स्थापनाको लागि आवश्यक छलफल गरेको हो ।

संघले उद्योग स्थापना गर्नका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको संघका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो ।

किसानहरुबाट उत्पादन भएको दूध धेरै उत्पादन हुने समयमा मिल्क होलि डे हुन सक्ने सम्भावनालाई उद्योग स्थापनाले न्यूनीकरण हुने केन्द्रिय दुग्ध संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

उद्योग स्थापना गर्नका लागि बागमती प्रदेश सरकारले यसै आर्थिक वर्षमा केन्द्रिय दुग्ध सहकारी संघको सिफारिसमा मकवानपुर जिल्ला दुग्ध सहकारी संघलाई रु ७५ लाख विनियोजन गरेको छ । उद्योग स्थापनालाई अपुग रकम मकवानपुर जिल्ला दुग्ध संघ लगायत संघका सदस्य संथाहरुले शेयर बापत लगानी गर्ने भेलाले निर्णय गरेको छ । उद्योग स्थापनाको अनुमानित बजेट करिब ३ करोड रहेको छ ।

उद्योगबाट आगामी वर्ष २०७८ बाट उत्पादन शुरु गर्ने गरि काम अगाडि बढाईएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।

मकवानपुर जिल्लामा अहिले दैनिक करिब ४० हजार लिटर दूध उत्पादन भइरहेको छ । उत्पादन भएको दुध मकवानपुर लगायत काठमाण्डौ , पोखरा लगायतका २१ वटा उद्योगहरुले दूध खरिद गरिरहेका छन् ।

  • Save
  • Save
  • Save