नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न

0
123
  • Save

मकवानपुर- नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन आज (सोमबार) हेटौंडामा सम्पन्न भएको छ ।

नेपाल निवृत शिक्षक समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष धुर्वराज अर्यालको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष शिवदयाल यादबको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरमा लामो समय शिक्षा क्षेत्रमा योगदान गरेर सेवा निवृत हुनुभएका जेष्ठ शिक्षक धनलाल श्रेष्ठ र सानुमैया दलीलाई सम्मान गरीएको थियो ।

भेलाले शिवदयाल यादबको संयोजकत्वमा समाजले १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा ईन्द्र प्रसाद संञ्जेल, निर्मला रुपाखेती ,सचिवमा अभिमन्यु गौतम ,सहसचिवमा ईश्वरी कोईराला ,कोषाध्यक्षमा अर्जुन प्रसाद पोखरेल सहकोषाध्यक्षमा नेत्रमाया श्रेष्ठलाई चयन गरेको छ ।

यस्तै समाजको सदस्यहरुमा सिताराम दहाल, रिपु प्रसाद गौतम ,जर्नादन खनाल ,विष्णु दहाल ,बिर बहादुर राई ,रामहरी कार्की ,शम्भु प्रसाद हुमागाँई ,केशव पुडासैनी ,विष्णु धिताल ,कृष्णगोपाल बर्तौला ,खुसिलाल मोक्तान ,शरद श्रेष्ठ चयन हुनुभएको छ । समाजको केन्द्रिय प्रतिनिधिमा खेमराज सापकोटा र शम्भु प्रसाद पौडेल चयन हुनुभएको छ ।

  • Save
  • Save
  • Save