प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

0
65
Advertisements

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडा १६ को विभिन्न स्थानमा गरी करिब ३ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलिले मंगलवार गाँजा खेती नष्ट गरीएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को आकाशधारा,पानीस्वारा, गोक्ते र शक्तिखोला गरी कुल ३ विगाहा क्षेत्रफलमा लगाएको लागु औषध गाँजा खेतिफडानि गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।