नेकपा मकवानपुरको सचिवमा थापा, जिल्ला सदस्यमा थप मनोनित

0
1004
Advertisements



हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको सचिवमा लाल बहादुर थापा चयन भएका छन् ।

आज भएको नेकपा जिल्ला कमिटिको विस्तारित बैठकबाट थापालाई सचिवमा चयन गरिएको नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।
यस अघि नेकपा मकवानपुरको गत पौष २५ गते भएको जिल्ला भेलाले तत्कालीन अध्यक्ष मुनु सिग्देल र सचिब प्रेम बहादुर पुलामीलाई कार्वाही गर्दै अध्यक्षमा एकालाल श्रेष्ठलाई चयन गरेको थियो ।
बैठकले आज जिल्ला सचिव सहित थप ९० जनालाई जिल्ला सदस्यमा मनोनित् गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो संगै नेकपा मकवानपुरमा जिल्ला सदस्यको संख्या २ सय ३५ जना पुगेको छ ।

आज मनोनित् भएका जिल्ला कमिटीका सदस्यहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शपथ ग्रहण समेत गराउनुभएको सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो ।