सरस्वती विद्यालयको ४५ औं वार्षिकोत्सब , सापकोटाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान

0
328
  • Save
वडा अध्यक्ष भागवत घिमिरेबाट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ , देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयको ४५ औं वार्षिकोत्सब कार्यक्रम आज (१५ गते) सम्पन्न भएको छ । सोही अवसरमा निर्माण ब्यवसायी तथा सारदा माध्यमिक विद्यालयका बिब्यस सदस्य युवराज सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि ९० थान स्विटर वितरण गर्नुभएको थियो । सापकोटाले आगामी वर्ष देखि विद्यालय टप १ जना विद्यार्थी तथा टप नतिजा ल्याउने १ जना शिक्षकलाई रु. पाँच /पाँच हजार पुरस्कार प्रदान गर्ने घोषण गर्नुभएको थियो ।

वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका श्रोत शिक्षक दासरथी उपाध्यायको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद दाहालको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सापकोटाले प्रगति प्रतिवेदन तथा लेखा शिक्षक सिताराम न्यौपानेले आय-ब्यय विवरण पेश गर्नु भएको थियो ।

विद्यालयमै उत्कृष्ट नतिजा ल्याउने कक्षा ३ का छात्र विनोद भ्लोनलाई विद्यालयल टपको पुरस्कार प्रदान गरिएको थियो । भ्लोनलाई निर्माण ब्यवसायी सापकोटाले हौसला बढाउने उदेश्यले रु. १ हजार नगद प्रदान गरेका थिए । यसैगरी अनुशाशीत विद्यार्थीमा सन्ध्या थिंलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा कक्षागत उत्कृष्ट अंक ल्याउने तथा अतिरिक्त विभिन्न कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको तथा निवर्तमान विद्यालय समितिलाई प्रशंसापत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सापकोटाले बताउनुभयो ।

यसैगरी गत वर्ष कक्षा ८ बाट उत्कृष्ट अंक ल्याउने शुशान्त दाहाल , दीक्षा दाहाल र विनिता ढुङ्गानालाई शिक्षक सिताराम न्यौपानेले जनही पाँच सय रुपैयाँ हौसला स्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षिकाहरु तथा साना साना भाईबहिनीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका निवर्तमान विब्यस अध्यक्ष तथा सल्लाहकार गोविन्द शर्मा तिमल्सिना , पुर्व प्रधानाध्यापक सिताराम दाहाल , भानु माविका प्रधानाध्यापक राजेन्द्र थापा , ज्वालादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक शिव प्रसाद लामिछाने , निवर्तमान विब्यस सदस्य कमल फयल , पिटिए अध्यक्ष भोलानाथ दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

  • Save
निर्माण ब्यवसायी युवराज सापकोटाद्वारा विद्यार्थीलाई नगदसहित पुरस्कार वितरण