मनकामना दुग्ध सहकारीको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिका सहित)

0
429
Advertisements

मकवानपुरगढी- देशकै प्रतिष्ठित दुग्ध सहकारी संस्था मध्येको एक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

यहि माघ ३० गते सबै निर्वाचन प्रक्रिया सम्पन्न हुने गरि तालिका सार्वजनिक भएको हो । जस अनुसार १८ गते मतदाता नामावली प्रकाशन हुनेछ भने सर्वसम्मत नभई मतदान गर्नु परेमा २९ गते लाई मतदान गर्ने दिन तोकिएको निर्वाचन उप-समिति संयोजक गोविन्द प्रसाद तिमल्सिनाले बताउनुभयो ।
(निर्वाचन तालिका)