थाहा नगरमा गाई पालन पकेट क्षेत्रको स्थापना, उन्नत गाई खरिद गर्नेलाई प्रोत्साहन बापत नगद

0
205
  • Save

मकवानपुर- थाहा नगरपालिका वडा नम्बर ३ मा गाई पालन पकेट क्षेत्रको स्थापना गरिएको छ ।

थाहा नगरपालिका पशु तथा मत्स्य बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पकेट क्षेत्र बनाइ ब्यवशायिक गाइपालन गर्न थालिएको पशु तथा मत्स्य बिकास शाखाका प्रमुख रुपेश कुमार मिश्रले बताउनु भयो ।

गाई पकेट क्षेत्र स्थापना संगै आइतबार एक कार्यक्रम बिच उन्नत गाइ खरिद गर्ने कृषकहरुलाइ प्रोत्साहन बापत नगद बितरण गरिएको थियो ।

साथै गाइको बिमा रकमको ५० प्रतिशत रकमका साथै उन्नत घाँसको बिउ र आन्तरिक तथा बाह्य परजीवी बिरुद्दको औसधि समेत बितरण गरिएको थियो ।

ब्यवसायिक रुपमा गाइपालन गरि आत्मनिर्भर बन्न पशु तथा मत्स्य बिकास शाखाका पशु बिज्ञ राघबेन्द्र मिश्रले कृषकहरुलाइ अनुरोध गर्नु भयो ।

थाहा नगरपालिका वडा नं. ३ घर्तिखोलामा कामधेनु गाइपालक कृषक समुहको स्थापना गरि ब्यवशायिक दुध उत्पादन गर्न थालिएको समुहका अध्यक्ष युबराज बर्तौलाले बताउनु भयो ।

हाल कामधेनु गाई पालक कृषक समुहमा १८ जना कृषकहरु आबद्ध रहेको पालुङबाट पत्रकार राजकुमार केसीले बताएका छन् ।