मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

0
208
Advertisements

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान भन्ने मुल नाराको साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धि दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सुरु भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई,उपाध्यक्ष हर्कमाया रुम्बा,प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनि लगायत वडा अध्यक्षहरु,कार्यपालिका सदस्य, राजनैतिक दलका प्रतिनिधी, गाउँपालिकाको शाखा प्रमुखहरु, वडा सचिबहरु, विद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्षहरु, शुरक्षा निकायका प्रतिनिधीको उपस्थित रहेको थियो ।

सो प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विष्णु प्रसाद चतुर्वेदी रहनुभएको छ । कार्यक्रमा सम्पुर्ण सरोकारवालाहरुको उत्तिनै महत्वपुर्ण भुमिका रहेको र कार्यक्रम र नितिगत योजनालाई सार्थक तुल्याउन सम्पुर्ण सरोकारवालाहरुले आवश्यक समय दिई पुर्णरुपमा सहभागि हुन अनुरोध गर्दै गाउँपालिका अध्यक्ष हुमागाईले “यहि आर्थिक वर्ष भित्र मकवानपुरगढी गाउँपालिका को ३ वटा वडाहरु वडा नं. ३,५,६ र आगामि आर्थिक वर्ष मङसिर सम्ममा मकवानपुरगढी गाउँपालिका बालमैत्री गाउँपालिका हुने घोषणा” गर्नुभयो ।

यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनिले यस कार्यक्रमको उदेश्य र औचित्यमाथि प्रकाश पार्दै बालमैत्री गाउँपालिका बनाउनको लागि सबै तह र तप्काबाट पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्नको लागि के कस्ता योजना तथा कार्यक्रमको आवश्यक पर्दछ भन्ने कुरा यहि कार्यक्रम मार्फत जानकारि हुने उहाँले बताउनुभयो । कार्यक्रम भोलि सम्म संचालन हुने बताइएको छ ।