बालमैत्री गाउँपालिका बनाउन सामुहिक प्रतिबद्धता

0
181
Advertisements

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । सोही अवसरमा सामुहिक प्रतिबद्धता जनाउँदै सामुहिक हस्ताक्षर समेत गरिएको छ ।

आजको कार्यक्रममा बालमैत्रि हुनको लागि पुरा गर्नु पर्ने सुचकहारुको बारेमा जानकारि गराउदै यसको लागि आवश्यक सरोकारवालाहरु र कार्यान्वयन तहको भुमिका महत्त्वपूर्ण हुने कार्यक्रमका प्रशिक्षक विष्णु प्रसाद चौवेदिले बताउनुभयो । हस्ताक्षर सहित प्रतिवद्वता जनाउनेहरुमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्षहरु , शाखाका शाखा प्रमुखहरु , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायत प्रधानाध्यापकहरु , राजनैतिक दलका प्रतिनिधि , सहकारिका प्रतिनिधिहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

सामुहिक रूपमा गरिएको प्रतिवद्वता:
मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार” “बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउापालिकाको मुख्य अभियान” मकवानपुरगढी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मकवानपुर, बागमती प्रदेश, नेपाल बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको लागि मकवानपुरगढी गाउँपालिकाको सामुहिक प्रतिबद्धता हामी मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दल, बालबालिका, सेवाप्रदायक, विषयगत शाखा, संघसस्था, विद्यालय, सुरक्षा निकाय लगायत विभिन्न मुख्य सरोकारवालाहरूले संविधानको मौलिक हक, धारा ३८, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ बमोजिम मकवानपुरगढी गाउँपालिकामा बालमैत्री स्थानीय शासन (CFLG) नीतिगत अवलम्बन तथा घोषणाको प्रक्रियामा आ-आफ्नो क्षेत्रबाट सक्रिय एवम् अर्थपूर्ण सहभागिता जनाई यस गाउँपालिकालाई मिति २०७८ मंसिर भित्र बालमैत्री गाउँपालिका घोषणाको लागि पूर्णरूपले सहयोग गर्न/गराउनका लागि यो सामुहिक हस्ताक्षर गरी प्रतिवद्धता जाहेर गर्दछौँ।