मनकामना दुग्ध सहकारीको अध्यक्षमा ५ जनाको उमेदवारी, आकांक्षी ३२ जना

0
673
Advertisements

मकवानपुरगढी- मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष पदका लागी ५ जनाले उमेदवारी दिएका छन् ।

अध्यक्ष पदका लागि उमेदवारी दिनेहरुमा अर्जुन प्रसाद दाहाल , कृष्ण प्रसाद दाहाल , रोमनाथ रेग्मी , भागवत घिमिरे र कृष्ण प्रसाद पोखरेल रहेका छन् । त्यसैगरी उपाध्यक्ष पदमा शिवराज देवकोटा , भिम कुमारी न्यौपाने , केदार प्रसाद लम्साल र प्रकाश अधिकारी गरि ४ जनाको उमेदवारी परेको निर्वाचन उपसमितिका संयोजक गोविन्द प्रसाद तिमल्सिना (शर्मा) ले बताए ।

त्यसैगरी जिल्ला प्रतिनिधि सदस्य पदको लागि पनि ३ जनाको उमेदवारी परेको छ । उमेदवारी दिनेहरुमा जनक प्रसाद रेग्मी , भुवानीशंकर दाहाल र बिष्णु प्रसाद न्यौपाने रहेका छन् । कार्यसमिति संचालक सदस्य पदमा ६ जना चाहिनेमा १६ जनाको उमेदवारी परेको संयोजक तिमल्सिनाले बताए । उनका अनुसार उमेदवारी दिनेहरुमा सानुभाई सुवेदी , धर्म प्रसाद तिमल्सिना , कविता न्यौपाने , गोविन्द प्रसाद देवकोटा , गोविन्द प्रसाद तिमल्सिना , नकुल प्रसाद लम्साल , बासु प्रसाद न्यौपाने , कृष्ण प्रसाद अधिकारी , कृष्ण प्रसाद घिमिरे , सरस्वती अधिकारी , तुलानाथ तिमल्सिना , रामचन्द्र सापकोटा , यदुनाथ रेग्मी , हरि प्रसाद दाहाल , कृष्ण प्रसाद लामिछाने र सानुकान्छा वाईबा रहेका छन् ।

लेखासमिती संयोजक पदमा २ जनाको उमेदवारी परेको छ । उमेदवारी दिनेमा भोलानाथ दाहाल र प्रल्हाद घिमिरे रहेका छन् । लेखासमिती सदस्य पदका लागि भने दुई जना चाहिनेमा २ जना कै मात्र उमेदवारी परेको छ । उमेदवारी दिनेमा शुशिला कुमारी दहाल र नेत्र प्रसाद चौंलागाई रहेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार भोलि (२२ गते) विभिन्न पदहरुमा परेको उमेदवारी माथी दाविबिरोधको समय राखिएको र २३ गते देखि २४ गतेसम्म उमेदवारी फिर्ता लिन चाहेमा फिर्ता लिने समय तोकिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन २५ गते राखिएको तथा उमेदवार निर्विरोध भएमा सोही दिन घोषणा गरिने र मतदान गर्नुपरेमा २९ गते बिहान ८ बजे देखि ३ बजेसम्म मतदान र सोही दिन मतगणना गरि विजयी उमेदवार घोषणा गरिने निर्वाचन संयोजक तिमल्सिनाले बताएका छन् ।