मकवानपुरगढीमा रहेको विशिष्टकृत सहकारीको साधारणसभा सम्पन्न

0
218
  • Save

मकवानपुरगढी- मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघको दोश्रो साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको छ ।

संघका अध्यक्ष हरिकुमार न्यौपानेको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि हुमागाईले संघले स्थापना गरेको दाना उद्योगबाट अब गुणस्तरीय दाना उत्पादन गरि सुलभ मुल्यमा उपभोक्ता किसानलाई उपलब्ध गराउन ढिला गर्न नहुने भन्दै दाना उद्योग स्थापनाका लागि गाउँपालिकाले पहिला पनि सहयोग गरेको र फेरि पनि संचालनका आवश्यक सहयोग उपलब्ध गराईने धारणा व्यक्त गर्नुभयो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ तल्लो कालिखोला फाँटमा रहेको सो सहकारी संघले पशु दाना उद्योगबाट अब छिट्टै नै दाना उत्पादन शुरु गरिने संघका अध्यक्ष हरिकुमार हुमागाईले बताउनुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,४ र ६ का वडा अध्यक्षहरु भागवत घिमिरे , रामप्रसाद तिमल्सिना र टीका प्रसाद दाहाल , मकवानपुर जिल्ला दुग्ध संघका उपाध्यक्ष धर्मराज लामिछाने , बागमती प्रदेश सहकारी संघकी सदस्य निर्मला लम्साल लगायतकाको आतिथ्यता रहेको थियो ।