चुनाव गराउन सर्वोच्चको आदेश कुरिरहनु पर्दैन – प्रधानन्यायाधीश जबरा

0
112

काठमाडौं – प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवराले निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाउन सर्वोच्च अदालतलाई हेनुनपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतमा बहस चलिरहेको र अन्तिम फैसला आउने मितिले निर्वाचनको कामकारवाहीलाई प्रभाव पार्ने भन्ने धारणाहरु सार्वजनिक भइरहँदा प्रधानन्यायधिस जवराले यस्तो बताएका हुन् । 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मंगलबार बहस गर्दै  नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले विघटनसम्बन्धी मुद्वा चाँडो नटुङ्गिए निर्वाचन आयोगले घोषित मितिमा चुनाव गराउन नसक्ने बताए । ‘प्रोसेस इनोभेसन (विधिको शुरुवात) भनेको छिट्टै फैसला गर्नुपर्छ’ घिमिरेले भने, ‘अदालतले ढिला गर्दा चुनाव नहुने अवस्था नआओस्’ । 

उनले यस्तो प्रसंग निकालेपछि प्रधानन्यायाधीश जबराले आफ्नो काम गर्दा निर्वाचन आयोगले सर्वोच्च अदालतलाई हेर्नु नपर्ने बताएका हुन् । ‘त्यो बेग्लै इस्वु हो नि, उसको काममा हामीले किन हेर्ने ? संवैधानिक अंग हो उ । उसको काम, उसको कर्तव्य उसंग छ । हाम्रो काम, हाम्रो कर्तव्य हामीसंग छ । उसले हामीलाई हेनुपर्ने छैन्, हामीले उल्लाई हेर्नुपर्ने छैन्, प्रधानन्यायाधीश जबराले भने, ‘हेरेर कुरेर बस्छ भने गल्ति उसैको होला नि त । सर्वोच्चले फैसला नगरेर चुनाव गर्न नपाउने भन्ने हुन्छ र ?’