निर्वस्त्र नहुनु है रामकुमारी, हामीलाई लाज लाग्छ

0
1039

मिथिला पोखरेल

के गर्नेलाई भन्दा देख्नेलाई लाज लाग्छ । लाज, घीन र सरम नहुनेहरु नै बेसरम हुन्छन् । प्रधानमन्त्री ओलीले भनेझैँ गोरुलाई कुनै लाज लाग्दैन । र यस्ता नाङ्गा गोरु देखेर मानिसलाई लाज लाग्दैन । तर रामकुमारी तिमी त मान्छे हौ, अझ त्यसमा पनि नारी हौ, तिमीसित हाम्रो लिङ्गीय नाता पनि संयोगले जोडिएछ । अहिले तिमीलाई र तिम्रो अत्यन्त अराजक, अश्लील र उदण्ड चरित्र हेर्दा तिमी नारी वा महिला वर्गमा नपर्नु पथ्र्यो । किनकि तिमी आफ्नै आमा जस्ता आदरणीय आमाहरुलाई आमाचकारी गाली गर्दिरहिछ्यौ । तिमी मेरी बहिनी सरहकी उमेरकी हौँ । तिमीलाई पहिले नेता पनि मान्थेँ तर नेताको दौरा र फरियाको फेर समातेर एक्कैचोटि माथिल्लो तहमा फड्केर बिना योग्यता नेता भएकी रहिछ्यौ भन्ने कुरा थाहा हुन लागेको छ ।

ओलीले भनेझैँ भँमराको संगतले फूलवारी पुगिन्छ तर झिँगाको सगितले रछ्यानमा पुगिन्छ, यो कुरा सही सिद्ध रहेछ । अहिले ओली समूहमा तिम्रा जस्ता लाज भए तिमी आफैँलाई लज्जित पार्ने अत्यन्त भद्दा निकृष्ट गाली सदाबहार बोल्ने एउटी मात्र महिला वा पुरुष दिउँसै बत्ती बाले पनि भेट्दिनौ । किनभने नेकपा ओली समूह संस्कार युक्त कार्यकर्ता र नेता भएको पार्टी हो ।

यस्ता गालीगलौज गर्ने नेता र कार्यकर्तालाई यस पार्टीले कार्यवाही गर्छ । दाहाल नेपाल गुटमा त प्रोत्साहन हुँदो रहेछ नत्र यस खालका निर्लज्ज गाली गलौज पनि प्रमुख नेता मौन रुपमा मुसुमुसु हाँस्दो रहेछ । गाली गलौज मात्र गर्न जान्ने मान्छे नेता हुने हो भने त्यसैको प्रशिक्षण गर्नुप¥यो । यस्तो पार्टीलाई नेकपा भनिरहन लाज लाग्नु पर्ने हो । मानिस त लुगा लगाएर पनि नाङ्गो हुँदोरहेछ । भन्ने कुरा रामकुमारीबाट थाहा भयो । मानिसको नाङ्गोपन उसको आचरण र व्यवहारबाट हुन्छ । महात्मा गाँधीले भनेझैँ रामकुमारी तिमीलाई देख्दा हामी नारीहरुले आँखा छोप्नु पर्ने अवस्था आयो । तिमीले बोल्दा अब तिमीले कुन आमाको धज्जी उडाउँछ्यौ भनेर कान थुन्नु पर्ने अवस्था आयो । तिम्रा बारेमा हामी के भन्नु भन्नै नसक्ने बोल्नै नसक्ने अवस्था छ । त्यसैले हामी नारीहरुले तिम्रा बारेमा बोलेर आफैँलाई रछानमा पार्नु भन्दा मुख थुनेर बस्नु पर्ने अवस्था आयो । नारी वा महिला भनेको यौनिक पहिचान मात्र होइन र सारी मात्र नारीको परिचय होइन । नारी त आम हुन् । आमा घरकी पहिलो पाठशाला हुन् । आम सिर्जनाकी मुहान हुन् ।

बोल्न पाइन्छ भनेर तथानाम बक्न पाइन्न । बोल्न पाइन्छ भनेर भद्र सभामा खकार्दा सभ्य भइन्न ।,रामकुमारी तिम्रा लालावालाले पनि सोध्नेछन् । आम जहिले तहिले गाली गलौज मात्र किन गर्नु हुन्छ भनेर सोध्दा त्यो सानो नानीलाई के भनेर सम्झाउँछयौ । पाइन्छ भनेर खुल्ला सडकमा नाङ्गै हिड्न पनि पाइन्छ । तर त्यसरी नाङ्गिन कोठीहरुमा सुहाउँछ तर कोठा, चोटा र सभ्य सभाकक्षमा किमार्थ सुहाउँदैन ।

आकाश माथि थुक्दा आफ्नै थाप्लामा थुक पर्छ भन्ने पनि सुझबुृझ नराख्दा आफ्नै सिरमाथि थुक र थुृकको छिटा पर्छ । राजनीति गर्ने हो राजनीति गर, राजनीतिक भाषा र भाषण गर तर तर्क नहुने हरु कुतर्क गर्छन् सिद्धान्त हुनेहरु मात्र सैद्धान्तिक बहस गर्छन् । तिमी सित राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध बोल्ने कुनै पनि तर्क, तथ्य र वास्तविकता रहेनछ भन्ने स्पष्ट भयो । त्यस्ता तर्क र तथ्य भए तिनका आधारमा आलोचना गथ्र्याै । आफू सित कलम नभएपछि तिमी आवेसमा सडकका ढुङ्गामुढा हान्न तम्सिएकी छ्यौ । बुद्धि भए न बुद्धिको कुरा गर्नु कलम भए पो हातमा कलम दिनु अनि ती सबै नभएपछि माङ्मुङ्ग्रीमा र लौरो र लाठो लिएर सडकमा उत्रिन बाध्य हुनु पर्यो । तिम्रा श्रीमान्ले पनि तिमीलाई यस्तरी आफैँलाई लाज लाग्नेगरी गालीगलौज गरेर नबोल भनेका होलान् तर तिमी त नेता अनि श्रीमान् कार्यकर्ताको कुरा तिमीले सुन्न सुहाएन तर तिम्रा नेता तिमीलाई सभ्य र संस्कारित चरित्र सिकाउन तयार छैनन् ।

त्यसैले तिमीलाई त तिमीले लुगा लगाए पनि तिमीलाई म त अर्धनग्न देख्दैछु । लुगाले मात्र लाज ढाक्तैन, लाज त मर्यादा हो अनुशासन हो, शिष्टता र सभ्यता हो । भैँसीलाई लुगा लगाउँदैमा भैँसी मान्छे हुँदैन । दुई खुट्टा टेकेकै भरमा मानिस हुन सुहाँउँदैन । त्यसैले तिम्रो नाम रामकुमारी सुहाएन भनेर लेख लेखेकी थिएँ । तिम्रो नाम बेसर्म कुमारी निर्लज्ज कुमारी हुनु पर्ने हो । केही मान्छेको नाम त उसको गुण, विशेषता, स्वभाव अनुसार हुनुपर्ने हो तर कहिले काहिँ त्यस्तो हुँदो रहेनछ । (चक्रपथबाट)