अदालतले नब्युँझाए सडकबाट प्रतिनिधिसभा ब्युँझाउँछौं – नेकपा नेता न्यौपाने

0
171

मकवानपुरगढी- नेकपा (प्रचण्ड-माधव) समुहका केन्द्रिय सदस्य केदार न्यौपानेले विघठित प्रतिनिधि सभा अदालतले नब्युँझाए सडकबाट ब्युँझाउने बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपा (प्रचण्ड-माधव) समूह मकवानपुरले मकवानपुरगढी ४ कालिखोलामा रहेको सहिद रुद्र बाटिका स्मृति पार्कमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा नेता न्यौपानेले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले नेपाली जनताको भावनामा ठूलो ठेस पुर्याएको भन्दै नेता न्यौपानेले प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिगामी कदम चालेकाले त्यसलाई जसरी पनि सच्याउन जस्तो सुकै बलिदान गर्न जनता तयार छन् भन्दै तर आफुहरु अदालतले न्याय दिनेमा विश्वस्त रहेको बताए ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सहिद रुद्र पाख्रीनका बुहारी तथा नेकपा मकवानपुरका नेता मान कुमारी पाख्रीन(आशा) ले स्वागत मन्तव्य राखेकी थिइन ।

कार्यक्रममा विघठित प्रतिनिधि सभाका सांसद तथा नेकपा का केन्द्रिय नेता बिरोध खतिवडा , नेकपा मकवानपुरका सचीव प्रेमबहादुर पुलामी (छिन्तु) लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।