२२ मेगावाटको माथिल्लो चाकु-ए ले यसै साता परीक्षण उत्पादन थाल्ने

0
77

मकवानपुर- सिन्धुपाल्चोकका ब्यापारीहरूको अगुवाईमा निर्माण भएको माथिल्लो चाकु—ए जलविद्युत आयोजनाले उत्पादन थाल्ने भएको छ । २२ दशमलव २ मेगावाट क्षमताको सो हाइड्रोपावरले आँउदो एक साताभित्र उत्पादन शुरु गर्न लागेको हो ।

शिवश्री हाइड्रोपावर लिमिटेडको स्वामित्वमा रहेको सो आयोजनाले एक साता परीक्षण र १५ दिनपछि ब्याबसायिक उत्पादन थाल्ने शिवश्रीका प्रबन्ध निर्देशक बिष्णुबहादुर खत्रीले जानकारी दिए । तत्काल ८ मेघावाट विद्युत उत्पादन हुने र सो विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका ४ फूल्पिङकट्टीमा निर्मित सो हाइड्रोले २२ किलोमिटर दूरीमा रहेको लामोसाँघुमा रहेको नेपाल बिद्युत प्राधिकरण सुनकोशी जलविद्युत आयोजनाको स्वामित्वमा रहेको सवस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने निर्देशक खत्रीले बताए । हिउँदको समय भएकोले तत्काल आठ र बर्षायाममा २२ दशमलव २ मेघावाट क्षमता अनुसार नै बिद्युत उत्पादन हुने प्रबन्ध निर्देशक खत्रीले जानकारी दिएका छन् ।