मकवानपुरमा सहकारीबाट उद्योग स्थापनाका लागि आज सम्झौतामा हस्ताक्षर

0
200
  • Save

मकवानपुर- मकवानपुरमा सहकारीबाट दुग्ध प्रशोधन उद्योग स्थापनाको लागि आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ र भुमि ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका तर्फबाट अध्यक्ष बासुदेव अधिकारी र ब्यवस्थापक कुमारमणी दाहाल तथा निर्देशनालयका तर्फबाट निमित्त निर्देशक डा. राम प्रकाश प्रधानले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

मकवानपुरमा दुग्ध प्रशोधन उद्योग स्थापनाका लागि केन्द्रिय दुग्ध सहकारी संघको सिफारिसमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई मन्त्रालयले चालू आर्थिक वर्षमा रु ७५ लाख विनियोजन गरेको थियो । सोही अनुरुप उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

  • Save
  • Save