सुनको मूल्य ९ महिनायताकै सस्तो, ताेलाकाे कति ?

0
138
  • Save

सुनको मूल्य ९ महिनायताकै सस्तो भएको छ । २०७७ जेष्ठ महिनाकै काराेबार मूल्यमा सुन काराेबार भइरहेकाे छ । बुधबार प्रतितोला ९० हजार भन्दा तल कारोबार भएको सुन फागुन ६ गते, बिहीबार थप ओरालो लागेको छ । यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हाे ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । २०७७ जेष्ठ महिनाकाे २९ गते सुन प्रतिताेला ८९ हजार ६०० रूपैयाँ ताेकिएपछि सुन आज साेभन्दा कम मूल्यमा झरेकाे हाे । जेष्ठ २८ गते भने सुन प्रतिताेला ८८ हजार ६०० रूपैयाँ ताेकिएकाे थियाे ।

२०७७ असारपछि फागुन ५ गते, बुधबार सुन प्रतितोला ९० हजार भन्दा कममा कारोबार भएको थियो । सो दिन सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको हो ।

सुनचाँदी व्यवसायीका अनुसार बजारमा सुनकाे अभाव भएकाे र माग पनि कम भएकाले मूल्यमा गिरावट आएको हाे । अन्तरराष्ट्रिय बजारमा समेत सुनचाँदीकाे मूल्य घट्दा साेकाे प्रभाव नेपाली बजारमा परेकाे व्यवसायी बताउँछन् ।

सुनसँगै बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी तोलामा २० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको थियो । (मेरो लगानीबाट)