


नेपाली राष्ट्रिय क्रीकेट टिमका सदस्य लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै पनि टिममा अनुबन्ध हुन सकेनन ।
आईपीएलको १४ औं संस्करणका लागी चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले सन्दीप अनुबन्ध गरेन । सन्दिपको लागि ४० लाख भारु न्युनतम मूल्य राखिएको थियो ।
पछिल्लो तीन सिजन दिल्ली क्यापिटल्सले सन्दीपलाई अनुबन्ध गरेको थियो तर गत सिजन दिल्ली फाइनलमा पुग्दा समेत टिमले सन्दीपले एक खेल पनि खेल्न दिएको थिएन ।