बिराटनगरमा नेकपाको शक्ति प्रदर्शन, संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थाले : प्रधानमन्त्री ओली (फोटो फिचर )

0
426
  • Save


विराटनगर / प्रदेश एकको राजधानी बिराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बृहत् जनसभा तथा शक्ति प्रदर्सन गरेको छ ।
जनसभालाई संबोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थालेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री ओली सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर सभामुख जस्तो संबैधानिक मान्छे अदालत गएको बताउनुभयो ।

“सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख । उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।” प्रधानमन्त्रीले भन्नुभयो ।

जनसभालाई गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ का इन्चार्ज समेत रहेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्नुभएको छ ।
आमसभामा दुई लाख भन्दा बढीको कार्यकर्ताको सहभागिता रहेको नेकपा श्रोतले जनाएको छ ।

  • Save
  • Save
  • Save
  • Save
  • Save
  • Save
  • Save
  • Save
  • Save