प्रचण्डलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न : प्रधानमन्त्री ओली

0
281
  • Save


विराटनगर / नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर गएका पुष्पकमल दाहाललाई राम राम भन्न सकिने तर काँध हाल्न नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलिले नेकपा प्रचण्ड – माधब समूहका अध्यक्ष पुष्पकमल दाहाल फेरि असफल हुने बाटोमा लागेको बताउदै माओवादी आन्दोलन सफल पार्न नसकेर आफ्ना सहकर्मी नेताहरुको साथ गुमाएका प्रचण्डले फेरि एक्लिएकाले असफलबाहेक अरु हात नलाग्‍ने दाबी गर्नुभएको हो ।


दाहाल–नेपालमा दम्भ र अहंकार बढेको बताउनुहुदै ओलीले यसले उनीहरुलाई सिध्याउने पनि दाबी गर्नुभयो ।
धेरै पटक दाहाल र माधव नेपाललाई पार्टीमा फर्किएर आउन आफुले आग्रह गरेपनि उनीहरु नफर्किएकोले यस्तो अवस्थामा राम राम भन्नुबाहेक अरु विकल्प नभएको पनि ओलीले दाबी गर्नुभयो ।
‘पार्टी फुटाएर जानेलाई मैले पटक पटक पार्टीमा फर्किन आग्रह गरे । तर उहाँहरु आउनु भएन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस्तालाई राम राम भन्न सकिन्छ । काँध हाल्न सकिन्न ।’


दाहाल असफल नेता भएकै कारण विगतमा मोहन बैद्य, बाबुराम भट्टराई र अहिले गृहमन्त्री रामबहादुर थापाले समेत साथ छाडेको ओलीले बताउनुभयो ।