श्रीवैष्णव युवा परिषद मकवानपुरको साधारणसभा, जगद् गुरु श्रीरामानुज स्तम्भ अनावरण

0
71
  • Save


हेटौंडा / श्रीवैष्णव युवा परिषद् मकवानपुरको चौंथो वार्षिक साधारणसभा एवं अधिवेशन शनिबार हेटौंडामा भएको छ । सभाले परिषद मकवानपुरको अध्यक्षमा दुर्गाप्रसाद न्यौपानेलाई सर्वसम्मत चयन गर्दै ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

परिषद्कको उपाध्यक्ष हयगृव न्यौपाने (कृष्ण), सचिव धर्मेन्द्र सुवेदी, कोषाध्यक्ष यदुनाथ सुवेदी र सहसचिव महालक्ष्मी पराजुली चयन भएका छन् । समितिको सदस्यहरुमा अयोध्या भट्टराई, रामहरि शर्मा, नवराज न्यौपाने, पवित्रा अधिकारी, केशव न्यौपाने र नविन पौडेल चयन भएका छन् ।

कार्यक्रमको अबसरमा जगद् गुरु श्रीरामानुज स्तम्भ अनावरण कार्यक्रम समेत भएको छ । हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले श्रीरामानुज स्तम्भ अनावरण गरेका थिए ।
श्रीरामानुज वाग्लेको अध्यक्षतामा भएको सभामा श्रीवैष्णव परिषद् नेपालका महासचिव सुदर्शन नेपाल, श्रीवैष्णव युवा परिषद् नेपालका कोषाध्यक्ष वेद प्रसाद आचार्य, युवा परिषद केन्द्रीय समितिका अन्य पदाधिकारीहरु, वैष्णव महिला परिषद् मकवानपुर जिल्ला शाखाका अध्यक्ष रंगवती शर्मा ढुङ्गाना लगायतकाको उपस्थिति रहेको थियो ।

  • Save