सरकारले भारतबाट किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

0
39
  • Save

काठमाडौं / नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ नेपाल आइपुगेको छ ।
आइतबार दिउँसो एयर इन्डियाको विमानबाट खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो । सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो ।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ । स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल ल्याइने बताएको छ ।