स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका,वडा स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन

0
186

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ५ मा रहेको आमभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ ।

आज (आइतबार) गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले प्रयोगशालाको उद्घाटन गर्दै अब प्रत्येक वडामा प्रसुती सेवा सहित प्रयोगशालाको सेवा पनि विस्तार गरिने बताउनुभयो । कृषि र पर्यटनमा गाउँपालिकाले फड्को मारिरहेको भन्दै उहाँले अब स्वास्थ्य, शिक्षाको विकासमा पनि गाउँपालिका लागी रहेको बताउनुभयो ।

उक्त स्वास्थ्य चौकीका अध्यक्ष एवम् ५ नं वडाका वडाध्यक्ष जीत बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष राम प्रसाद तिमल्सिना, वडा ६ का वडाध्यक्ष टिका प्रसाद दाहाल, कार्यपालिका सदस्य मञ्जु योञ्जन, चिनी माया लुङवा, निर्मला विक, वडा सदस्यहरु,गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव लामिछाने, आमभञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख सन्देश घिमिरे, विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुख, राजनितिक दल,सहकारी, वन, विद्यालय, टोल विकासका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।