


काठमाडौँ /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले ६८ वटा जिल्ला तथा महानगर कमिटिको नेतृत्व चयन तथा हेरफेर गरेको छ ।
नेकपाको दाहाल-नेपाल समूहले सोमबार ६८ जिल्ला तथा महानगर कमिटिमा अध्यक्ष र सचिव चयन गरेको हो ।
नया बाडफाड अनुसार पुष्पकमल दाहाल समूहले ३५ र माधवकुमार नेपाल समूहले ३३ जिल्ला तथा महानगर कमिटिमा नेतृत्व लिएका छन् ।
केहि दिनअघि मात्र दाहाल-नेपाल समूहले पार्टी संचालन र जिम्मेवारी बाडफाड गर्न ९ बुँदे मापदण्ड बनाएको थियो । जसमा दाहाल-नेपालले करिब आधा-आधा गर्ने सहमति गरेका थिए ।



