फागुन २१ बाट कमेडी च्याम्पियनको दोस्रो सिजनदेखि प्रशारण हुने

0
105

काठमाडौं / ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन–२’ को दोस्रो सिजन यहि फागुन २१ गतेबाट प्रसारण हुने भएको छ

बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै सोको औपचारिक घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा कार्यक्रमका निर्देशक विशाल भण्डारीले कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजनमा फागुन २१ बाट प्रशारण सुरु हुने बताउनु भयो।
निर्देशक भण्डारीले पहिलो सिजनको कमेडी च्याम्पियन भन्दा दोस्रो सिजन भव्य हुने भन्दै अघिल्लो सिजनमा आर्थिक समस्याका कारण सोचेको जस्तो राम्रो गर्न नसकेको बताउनु भयो ।

कमेडी च्याम्पियनको यो सिजनका लागि ६ हजार १८० जनाले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । त्यसमध्येबाट उत्कृष्ट २४ जनालाई फिजिकल अडिसनबाट छनोट गरिसकेको आयोजकले जनाएको छ।

थ्रि प्रोडक्सन’को निर्माण गरिएको कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्नुहुने भएको छ।
च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहनुभएको छ।
च्याम्पियनको विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताउनुभयो।
हिमेश पन्त च्याम्पियनको पहिलो सिजनको बिजेता बन्नुभएको थियो।

ADVERTISEMENT