नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण, २३५ सदस्यीय कमिटी गठन

0
323



हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको छ ।
नेकपा मकवानपुर जिल्ला कमिटीले यस अघि निर्माण गरेको २३५ सदस्यीय नगरकमिटीको बिस्स्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको हो ।

शनिबार बासुकला पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कमिटीका पदाधिकारी, सचिवालय सदस्य, बिभागिय इन्चार्ज तथा नगर कमिटीका सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनन्त पौडेल, केन्द्रीय सदस्य रघुनाथ खुलाल, केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, मकवानपुर जिल्ला कमिटीका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य धुर्ब चौलागाईं, सुनिल मोक्तान, फुर्वा लामा, नवीन सिग्देल जिल्ला कमिटी सदस्यहरु दिपक खडका, कृष्ण लामिछाने, किशन घिसिङ, सन्तोष चौलागाईं, चन्द्र शाही, रामबहादुर राइ, समिम खान, बिश्व राइ, धरम लामा, नरेन्द्र भण्डारी, केशब बासुकला, जुना दाहाल, सुमित्रा काफ्ले, प्रकाश दाहाल लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रम नगरकमिटी अध्यक्ष सालिकराम पुडासैनीको अध्यक्षतामा भएको थियो ।