१५ दिने डल कुशन तालिमको समापन

0
118

मकवानपुर- उज्यालो यात्रा युवा क्लबले हेटौडा उप–महानगरपालिका वडा नं. २ स्थित कांग्रेस चोकमा गत फागुन १ गते देखि सञ्चालन गरेको १५ दिने निशुल्क डल तथा कुशन तालिम आज ( फागुन १५ ) समापन भएको छ ।

मकवानपुरगढी गाउापालिका वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा समापन भएको हो । क्लबले विपन्न तथा पीछडिएका महिला तथा विद्यार्थीहरुलाई लक्षित गरि यस सीपमुलक तालिम सञ्चालनमा ल्याइएको हो । प्रमुख अतिथि तिमल्सिनाले आगामी दिनहरुमा विभिन्न कार्यहरुमा क्लबलाई सहयोग गर्ने प्रतिवद्धता जनाउदै क्लबलाई थप सामाजिक गतिविधिहरुमा सकृय भई कार्य गर्न अनुरोध गर्नुभयो ।

तालिमका लागि शिभम् सिमेन्ट, हिमालयन माइक्रोन माइन्स एण्ड मिनरल्स मकवानपुर प्रा.लि., आमभञ्ज्याङ्ग एग्रिग्रेट इन्डष्ट्रिज तथा साइबाबा उद्योग प्रा.लि.को सहयोगमा तालिम सञ्चालन गरिएको हो । उक्त तालिममा १३ जनाको सहभागिता रहेको र कार्यक्रममा उपस्थित तालिम लिएकाहरुलाई प्रमाण पत्र र सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको तालिमका संयोजक प्रतिक्षा कार्कीले बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा क्लबका अध्यक्ष रोशन बस्नेत, उपाध्यक्ष सुनिल नेपाली, सचिब राजिब अधिकारी, सह–सचिब सुजन अधिकारी, कोषाध्यक्ष बिनिसा खत्री लगायत सदस्यहरु राजन धिताल, प्रतिक्षा कार्की, रश्मी लामा तथा प्रशिक्षक पार्वती बस्नेत, सह–प्रशिक्षक जमुना सापकोटा र तालिम लिनेहरुको उपस्थिती रहेको थियो ।

तालिममा सहभागीलाई धन्यवाद दिदै तालिम संयोजक प्रतिक्षा कार्की तथा सह संयोजक रश्मि लामाले आगामी दिनहरुमा सामाजिक विकासको हरेक काममा सहभागी हुने र समाजमा रहेको लुकेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने प्रतिवद्धताका साथ यस क्लबलाई अगाडि बढाउने बताउनुभयो ।