प्रेस संगठन मकवानपुरले महासंघको निर्वाचनको तयारी थाल्यो, निर्वाचन परिचालन कमिटी गठन

0
58


हेटौंडा / प्रेस संगठन नेपाल मकवानपुरले नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनको तयारीका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रेस संगठनको आइतबार हेटौंडामा बसेको जिल्ला कमिटी बैठकले संगठनका संयोजक धर्मेन्द्र दाहालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटिमा पुष्पराज अधिकारी, रेश्मी कार्की, अशेष ढुंगाना, सुनिता विष्ट, निशा गुरुङ र उज्ज्वल अधिकारी रहेका छन् ।

साथै नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनको लागि अन्य संघसंगठनसंग छलफल तथा बार्ता गर्नको लागि नेकपा बागमती प्रदेश समितिका प्रचारप्रसार विभाग सदस्य उज्वल चौलागाईंको संयोजकत्वमा संगठनका प्रदेश सह-संयोजक प्रकाश दाहाल र धर्मेन्द्र दाहाललाई जिम्मा दिने निर्माण गरेको छ ।

नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको बैठकले आगामी फागुन २० गते प्रेस संगठन नेपाल मकवानपुरको जिल्ला भेला गर्ने निर्णय गरेको संगठनका संयोजक धर्मेन्द्र दाहालले बताउनुभयो ।