हेटौंडाका गायक संगीतकार चेतन सापकोटा ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित

0
146
Advertisements

मकवानपुर – मकवानपुरका गायक तथा संगीतकार चेतन सापकोटा नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६ बाट सम्मानित भएका छन् ।

सापकोटालाई गायक नातिकाजी श्रेष्ठको ९४औँ स्मृती दिवसको अवसरमा नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार प्रदान गरिएको छ ।

राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित कार्यक्रममा संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

गीतकार बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणी देवकोटा, संगीतकार राजु सिँह, सुनिल मास्के, मदनसिँह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाललाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’बाट सम्मानित गरिएको छ ।

यसैगरी सुगम पोखरेल, चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डेलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट पुरस्कृत गरिएको छ । प्रतिभा पुरस्कार २०७६’बाट भने गायक सुरजकुमार थापा, गीतकार हर्क साउद र गायिका मेलीना राई पुरस्कृत भएका हुन् ।

संगीत संयोजक तथा वाद्य पुरस्कार वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार विकासनाथ योगी, राष्ट्रिय लोक संगीत पुरस्कार बद्री पंगेनी, राष्ट्रिय सम्मान नवराज केसीलाई प्रदान गरिएको छ ।

संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाको सभापतित्वमा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङबाट सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।