मकवानपुर रेडक्रसको साधारणसभा, उत्कृष्टलाई सम्मान

0
185
Advertisements



हेटौंडा / नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला साखाको ५३ औं वार्षिक साधारण सभा आमभन्ज्याङ्गमा भएको छ ।

मकवानपुर गढी ५ धादिङमा आज बिहिवार नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. नेत्र प्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, रेडक्रसका केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।

साधारणसभामा बर्ष भरी उत्कृष्ट काम गर्ने उपशाखा, युवा रेडक्रस सर्कल, जुनियर रेडक्रस सर्कल, उत्कृष्ट शिक्षक नायक तथा रक्तदाताहरुलाइ सम्मान गरिएको रेडक्रस मकवानपुर उपसभापति लाल बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रम जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको हो ।