मन्त्रिपरिषद् बैठकले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्यो

0
47
Advertisements
फाइल फोटो


काठमाडौं / सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।
आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बिप्लब समूह सङ्ग भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको बताइएको छ ।

वार्तामा भएका सहमतिसहित सरकार र विप्लव पक्षले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिने बताइएको छ ।