नवलपरासी र रुपन्देहीका १५ जना किसानलाई कोभिड किसान राहत वितरण

0
152
Advertisements

मकवानपुर- केन्द्रिय दुग्ध सहकारी संघ लि. को आयोजना तथा कासा प्रोजेक्टको साझेदारीमा आज (२० गते) पश्चिम नवलपरासीमा कोभिट किसान राहत बितरण कार्यक्रम सम्पन्न भयको छ।

पश्चिम नवलपरासी र रुपन्देही जिल्लाका जम्मा १५ जना कृषकहरुलाई प्रती ब्यक्ति रु. २० हजारका दरले कोभिड किसान राहत अनुदान वितरण गरिएको हो ।

केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यता एवम् पश्चिम नवलपरासी जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुर्ण प्रसाद तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद देवकोटाले कोभिडका कारण दुग्ध क्षेत्रमा लागेका किसानहरुलाई ठूलो समस्या परेको भन्दै किसानहरूका हरेक समस्यामा केन्द्रिय संघको साथ र सहयोग रहने धारणा व्यक्त गर्दै यो राहत रकमले पनि निम्न आय भएका किसानहरूलाई केही सहयोग पुग्ने भन्दै केन्द्रिय संघले गरिरहेका गतिविधिबारे चर्चा गर्नुभयो ।

कोभिड १९ कारण लकडाउन भएको समयमा गरिब तथा न्यून आय भएका किसानका बिमा नभएका गाई भैंसी मरेका कारण राहत स्वरूप यो अनुदान उपलब्ध गराइएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य भगिरथ तिमल्सिना , हरि काफ्ले , रुपन्देही जिल्ला दुग्ध संघका अध्यक्ष लेखनाथ पाण्डे , वर्दघाट नगरपालिकाका पशु स्वास्थ्य प्रमुख भरत लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।